२०८२ असोज १३ काठमाडौं । भाद्र २३ र २४ गते जेनजी आन्दोलनको क्रममा १९ जना भन्दा धेरै नेपाली नागरिक मरेको घट्नाबारे छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न सुसिला कार्की नेतृत्वको सरकार द्वारा गठित जाँचबुझ आयोगले पुर्व प्रधानमन्त्री केपी ओलीको पासपोर्ट रोक्का गर्न सरकारलाई सिफारिस गरेको छ ।
तत्कालीन केपि ओलीसहित उनकै सरकारका पुर्व गृहमन्त्री रमेश लेखक, प्रशासकहरू गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका सिडिओ छविराज रिजाललाई विदेश जान नदिन जाजबुझ आयोगले सिफारिस गरेको छ । आयोगले उनीहरूलाई अनुमतिविना काठमाडौं उपत्यकाबाहिर बिदेश जान पनि रोक लगाउन सिफारिस गरेको छ ।
केपि ओली सरकारले जेनजी आन्दोलन उग्र हुँदै गएपछि आन्दोलन नियन्त्रण गर्ने बहानामा आन्दोलनको पहिलो दिन भदौ २३ गते आन्दोलनमा संलग्न आन्दोलनकारी माथी अन्धाधुन्ध गोलि प्रहार गर्दा १९ जना युवाको गोली लागेर ज्यान गएको थियो ।
भदौ २३ गते १९ जना नागरिक मारेको भन्दै देशभर बाट स्वस्फूर्त ढंगले आक्रोशित बनेर सडकमा बिरोध प्रदर्सन गर्न निस्किएका अभिभावक र नागरिक माथी प्रहरीले दमन गर्न गोलि चलाउदा प्रहरीको गोलि र आन्दोलनकारी र प्रहरी बिच झडप हुँदा दोस्रो दिन भदौ २४ गते आन्दोलन झन् चर्किएर दुई दिनको आन्दोलनमा ७४ जना भन्दा धेरै नेपाली नागरिकको ज्यान गएको थियो । भदौमा २३ र २४ गतेको आन्दोलन चर्किएपछी प्रधानमन्त्री केपि ओलिले पदबाट राजिनामा दिएको घोषणा गरे।
भदौ २३ गते घटेको घट्नाबाट आक्रोशित बनेका आम नेपाली नागरिकहरु स्वस्फूर्त रुपले भदौ २४ गते सडकमा निस्किएर सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत, जिल्लाका सिडिओ अफिस, जिल्लाका प्रहरी कार्यलय, प्रहरी बिट, विभिन्न जिल्लाका नगरपालिका, वडा कार्यलय, विभिन्न सरकारी कार्यलय देखि पुर्व प्रधानमन्त्रीको निवास, व्यक्तिका निजि निवास, ब्यापारी कम्प्लेक्स, निजि र सरकारी सवारी साधन लगएत विभिन्न ठाउँमा आगजनी र तोडफोड गरेर खर्वौको सम्पती क्षेती पुर्याईदिएका थिए ।
प्रधानमन्त्री केपि ओलि सहित केपि केपि ओलि नेतृत्वको सवै मन्त्रीहरुको ज्यान असुरक्षा भएपछी नेपाली सेनाले भगाएर लगी ब्यारेकमा लगेर सुरक्षा दिएको थियो। पुर्व प्रधानमन्त्री सेर बहादुर देउवा र उनकी पत्नी आरजु राणालाई आक्रोसित आन्दोलनकारीहरुले देउवाकै निवासमा पुगेर मरणासन्न हुनेगरी कुटपिट समेत गरेका थिए।
जेनजी आन्दोलन भडकिनुको मुख्य कारण पुर्व प्रधानमन्त्री केपि ओलि, पुर्व गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, अनुसन्धान विभागका प्रमुख हुतराम थापा र काठमाडौंका सिडिओ छबिराज रिजाल घटनाको मुख्य दोषी रहेको आरोप लाग्दै आएको छ । भने जाँचबुझ आयोगले उनीहरू पाँचैजनालाई अनुसन्धान अवधिभर विदेश भ्रमणमा रोक लगाउन र अनुमतिविना काठमाडौं उपत्यका बाहिर र देश बाहिर जान नदिन सरकारलाई सिफारिस समेत गरिसकेका छ ।
छानबिन आयोगले भनेको छ ´भाद्र २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरु अनुसन्धानको दायरामा रहेको हुँदा निजहरुको विदेश भ्रमण रोक लगाउन आवश्यक कारवाही गर्नहुन तथा छानविनका लागि कुनैपनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति वेगर पूर्व प्रधानमन्त्री, के.पि. शर्मा ओली, पूर्व गृहमन्त्री, रमेश लेखक, पूर्व गृह सचिव, गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख, हुतराज थापा, पूर्व प्रमुख जिल्ला अधिकारी, छविलाल रिजाल काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने`। (क्रान्ति)