२०८२ असोज १२ काठमाडौ । नेपालमा जेनजी आन्दोलन नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचार (विशेषगरी नातावाद र कर राजस्व जस्ता राष्ट्रिय कोषको दुरुपयोग) विरोधको पृष्ठभूमिमा वि.सं २०८२ भदौ २३ का दिनबाट देशव्यापी रूपमा सुरु भएको नेपाल सरकार विरुद्धको प्रदर्शनी र झडपहरूको शृङ्खलाबद्ध घटनाहरू हुन् जसमा जेन जी पुस्ताका नेपाली नागरिकहरूको प्रमुख भूमिका रहेको थियो। सत्ता पक्ष तथा सत्तामा रहँदा सरकारका प्रतिनिधिहरूद्वारा गरिएका शृङ्खलाबद्ध भ्रष्टाचारको विरोध र सरकारको नयाँ नियम अन्तरगत दर्ता हुन नआएका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स (ट्विटर), युट्युब सहित २६ प्रमुख सामाजिक सञ्जालहरू माथि सरकारले प्रतिबन्ध लगाएपछि यो आन्दोलन देशव्यापी रूपमा सुरु भएको थियो।

नेपालमा जेनजी आन्दोलन भड्किनुको कारण जेनजी समूहले गरेको प्रदर्शन उग्र हुँदै गएपछि राज्य पक्षले आन्दोलन नियन्त्रण गर्ने क्रममा आन्दोलनकारी माथी प्रहार गरेको गोलि आन्दोलनमा संलग्न कलिला नेपाली नागरिक र विद्यार्थी माथी गोलि लागेर १९ जना भन्दा धेरै नेपाली नागरिक एकैदिन दुई तीन घण्टा भित्र मरेपछि आम नेपाली जनमानसमा पैदा भएको आवेग, उत्तेजना र प्रतिसोधको भावननै प्रमुख कारण हो।

अर्कोतिर सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत सिडिओ अफिस र सिंहदरबार वरिपरिका कार्यलय जलिरहदा काठमाडौ महानगरपालिकाले आगो निभाउन दम्कल तुरुन्तै किन पठाएन? काठमाडौ महानगर भित्र कुनै पनि ठाउँमा आगो लागेर बलिरहेको आगो निभाउन तुरुन्तै दम्कल पठाउनु मेयर बालेन साहको काम कर्तव्य हो कि होईन ? कुनै बेला काठमाडौको मेयर बालेन्द्र साहले सामाजिक संजालबाट सिंहदरबार जलाईदिने धम्की दिएको कमेन्ट पोस्ट गरेको मिडिया देखि सामाजिक संजालमा यत्रतत्र सार्वजनिक भएको अहिले पनि देख्न पढ्न पाईन्छ । (क्रान्ति)