२०८२ असोज १२ काठमाडौं । जेनजी आन्दोलनको क्रममा गत भाद्र २३ र २४ घटेको घटना सम्बन्धी जाँचबुझ तथा घटनाहरुको छानबिन अनुसन्धान गर्न पूर्व प्रधानमन्त्री: के.पि. शर्मा ओली, पूर्व गृहमन्त्री: रमेश लेखक, पूर्व गृह सचिव: गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख: हुतराज थापा, पूर्व प्रमुख जिल्ला अधिकारी: छविलाल रिजाल सहित पाँच जनाको विदेश भ्रमण रोक लगाउन आवश्यक कारवाही गर्न तथा छानविनका लागि कुनैपनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति वेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ गर्न बनेको जाँचबुझ आयोग २०८२ को सचिवालय सदस्य बिज्ञान राज शर्मा द्वारा हस्ताक्षर भएको प्रेस बिग्यप्ति जारी भएकोको छ । (क्रान्ति)