२०८१ चैत्र ८ काठमाडौं ।दलित समुदायले आज चैत्र ८ गते काठमाडौंको माईतीघर देखि नयाँ बानेश्वर सम्म दिनको १ बजे साङ्लोले बाधिएर अर्धनग्न जूलूस प्रदर्शन गरेका छन् ।
जुलुसमा दलित मार्न पाईदैन, आयो आयो को आयो दलित आयो दलितको हक अधिकार सुरक्षित गर जस्ता नारा जुलुस लगाईएको थियो।
अन्तर्राष्ट्रिय छुवाछुत उन्मुलन दिवस १९६० मा दक्षिण अफ्रिकाको शार्पविल घटना पछि स्थापना गरिएको हो। शार्पविलमा, ७० भन्दा बढी अश्वेत नागरिकहरूले विरोध प्रदर्शन गर्दै पुलिसको गोली बारीमा ज्यान गुमाए।
संयुक्त राष्ट्रसंघले यस घटनालाई ध्यानमा राख्दै सन् १९६६ मा यो दिनलाई औपचारिक रूपमा अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको हो।
विक्रम सम्वत २०२०/ सन् १९६३ मुलुकी ऐन २०२० नेपालको पहिलो लिखित कानुन हो । जसलाई १९१० सालमा सुरु गरिएको प्रयासपछि राजा महेन्द्रको शासनकालमा विसं २०२० (सन् १९६३) मा लागू गरिएको थियो।
यस ऐनले नेपाली समाजमा कानुनी शासनको सुरुवात गर्दै विविध मुद्दाहरूलाई कानुनी रूपले व्यवस्थित गर्ने प्रयास गर्यो। मुलुकी ऐन लागू हुनु अगाडि कानुनी व्यवस्था मौखिक परम्परा र राजाको आदेशमा आधारित थियो। मुलुकी ऐनले नेपालका नागरिकहरूको जीवनसँग सम्बन्धित धेरै क्षेत्रहरूलाई कानुनी दायरामा ल्याएको थियो।
जसका मुख्य विषयहरू:
मुलुकी ऐनले विभिन्न विधिहरूमा कानुन व्यवस्था गरेको थियो, जस्तै: हाडनाता र विवाहसम्बन्धी व्यवस्था: सामाजिक सम्बन्ध र विवाहसम्बन्धी स्पष्ट नियम।
अपराधसम्बन्धी व्यवस्था: चोरी, डकैती, हत्याजस्ता अपराधहरूका लागि सजायहरू। सम्पत्ति सम्बन्धी व्यवस्था: वंशानुगत सम्पत्तिको हक, बटवारा, र दायित्वहरू। अन्य सामाजिक अपराध र अधिकार: जातीय भेदभाव, दास प्रथा उन्मूलन, र महिला अधिकारका पक्षमा केही सुधार, कसुर अनुसारको सजाय। अर्थात् विभेद नेपालमा मात्र नभई विश्वको हरेक कुनामा रहेको कुरा आजको दिनले प्रष्ट पार्छ। अन्तर्राष्ट्रिय कानुन आउँदा सयौं जनाको हत्या भएको कुरा पनि प्रष्ट आउँछ।
विश्वमै पहिलो जातीय छुवाछुत सम्बन्धी ऐन बनेको नेपालमा हरेछ २०२० भाद्र १ गते लागू गरिएका ऐनलाई अन्तर्राष्ट्रिय मनाउनुपर्ने हो तर विडम्बनाको कुरा हाम्रा नेपालीहरुले नेपालका राजाहरुले गरेको काम को मूल्याङ्कन गर्दैनन्।(राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन
केन्द्रीय संयोजक: अम्मर परियार)