२०८१ चैत्र ५ काठमाडौं ।नेपाली सेनाले विपद् व्यवस्थापन सम्बन्धी परिदृश्यमा आधारित रही चैत्र ०४ गतेबाट काठमाडौँमा संयुक्त अभ्यास सुरु भएको छ । विपद् व्यवस्थापन सम्बन्धी सैनिक, गैर सैनिक तथा अन्य विभिन्न निकायबिच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदानबाट भविष्यमा प्रभावकारी रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखी सञ्चालन गरिएको उक्त अभ्यास मिति २०८१ चैत्र १४ गतेसम्म सञ्चालन हुने सेना स्रोतले जनाएको छ ।

नेपाली सेनाको नेतृत्वमा संयुक्त आयोजनामा सञ्चालन भएको अभ्यासमा नेपालबाट नेपाली सेनाका २५ सहित अन्य सुरक्षा निकाय, नेपाल सरकार सम्बद्ध सरकारी तथा गैर सरकारी निकायहरूका ५८ जना र विभिन्न १५ देशका ३७ गरी कुल ९५ जनाको सहभागिता रहेको छ ।

कार्यक्रममा नेपालका लागि अमेरिकाका महामहिम राजदूत डिएन आर थोम्पसन बलाध्यक्ष रथी श्री प्रदीप जङ्ग के.सी., रथीबृन्द, नेपाल सरकार सम्बद्ध विभिन्न सरकारी एवम् गैर सरकारी निकाय तथा विदेशी संघ संस्थाहरूका उच्चस्तरका पदाधिकारीहरूको उपस्थिति रहेको नेपाली सेनाले श्रोतले जनाएको छ् ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.