२०८१ फागुन २९ काठमाडौं । नेपाल प्रहरीमा कार्यरत दुई प्रहरी अधिकृत बढुवा भएका छन् । प्रहरी अघिकृत रबिन कार्कीलाई प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखामा दरबन्दी हुनेगरी र ज्ञानेन्द्र बहादुर बस्नेतलाई प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा राष्ट्रिय सुरक्षा परिषद सचिवालय सिंहदरबार, काठमाण्डौंमा दरबन्दी हुनेगरी बढुवा गरेको सूचना प्रकाशित गरेको छ् ।
सूचनामा भनिएको छ्:
´नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद संख्या २ (दुई) मा बढुवा गर्न मिति २०८१।११।२८ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमका जनपद प्रहरी समूहतर्फका प्रहरी नायव उपरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ`।

Warning
Warning
Warning
Warning

Warning.