२०८१ फागुन २७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाको बैठक बसेको छ । उक्त बैठकमा समाजवादी मोर्चामा सहभागी दलहरूले राजावादीहरुले राजतन्त्रका पक्षमा गरिरहेका गतिविधिलाई आपत्तिजनक भएको भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
मोर्चाको बैठकले यस्ता गतिविधि स्वीकार नगर्ने प्रतिवाद गर्नको लागि नेपाली जनता सग अपिल गर्ने समाजवादी मोर्चाका नेत्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जनाएका छन् ।
´समाजवादी मोर्चाको लागि राजावादीहरुक्ल हर्कत स्वीकार्य छैन, कम्युनिस्ट र वामपन्थीहरुका लागि यो स्वीकार्य छैन,’ प्रकाण्डले भनेका छन् , प्रतिक्रान्तिकारी हर्कत`ले नेपाली जनताको लागि दुर्दशा निम्त्याउने छ, राजावादीको हर्कतलाई सशक्त रुपमा प्रतिवाद गरिने छ प्रकाण्डले भनेका छन ।’
नेपाली जनताको रगत बगेर हजारौं जनता सहिद भए ल्याएको गणतन्त्र विरुद्ध लाग्ने बिरुद्ध बामपन्थी कम्युनिस्टहरु एकजुट भएर राजतन्त्र विरुद्ध लाग्नेछौ प्रकाण्डले बताएका छन ।
राजवादी सग प्रतिवाद गर्नका लागि देशका विभिन्न दल, नागरिक समाज, वुद्धिजिवी र पत्रकारहरूसँग आवश्यक छलफल अघि बढने समेत उनले बताए ।
राजावादीहरू सग आफूहरू डराएको नभइ सिरियस भएको समाजवादी मोर्चाका दलहरूको भनाइ छ ।
गणतन्त्रका विरुद्धमा गम्भीर षड्यन्त्र सुरु भएको निष्कर्ष निकाल्दै यसका विरुद्धमा आगामी चैत १५ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने, चैत १ गते नेपालका बुद्धिजीवी नागरिक समाजसँग परामर्श र छलफलको कार्यक्रम गर्ने मिति तय भएको छ । बैठकले गणतन्त्रवादी एकजुट नहुँदा राजावादी सलबलाउनु थालेको निष्कर्ष समेत निकालेको छ ।