२०८१ फागुन २२ काठमाडौं । नेपाली सेनाको आज मिति २०८१ फाल्गुण २२ गतेबाट नेपाली सैनिक वार कलेज, नगरकोटमा सि.सं.१३ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course)  तालिम सुरु भएको छ । बलाध्यक्ष रथी श्री प्रदीप जंग के.सी.ले एक कार्यक्रमका बिच तालिमको शुभारम्भ गर्नु हुँदै तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।  कुल ३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरू (महिला-२ र पुरुष-३३) को सहभागिता रहेको यस तालिम सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने तालिमहरू मध्ये सबैभन्दा उच्चस्तरको तालिम हो । वि.सं. २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म महिला १३ जनासहित जम्मा ३४० जना अधिकृत प्रशिक्षित हुनु भएको नेपाली सेनाको समाचारमा उल्लेख रहेको छ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.