२०८१ फागुन २१ काठमाडौं । सेयर बजार नेप्से सूचक २५.१६ अंकले घटेको छ । सूचक २८२१.१३ अंकमा झरेको छ । दस अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । नेपालको सेयर बजार हल्लाको भरमा चल्ने गरेको स्पष्ट देखिन्छ। समग्रमा धेरै समूहका सेयर मुल्य घटेका छन् भने केही कम्पनीको सेयर भाउ बढेको पनि देखिन्छ।

बढेको बजारमा नाफा गर्नेहरुको भिड लागेपछि नेप्से घटेको हो। अब बजार बढ्दैन भन्नेले बेचेर घटेको बेला किन्ने दाउ गरेको देखिन्छ । बजार केही दिन देखि निरन्तर बढेको थियो। सेयर बजार निश्चित केही ठुला धनी समूह व्यक्तिको हातमा रहेको देखिन्छ। ३ दिन अगाडि बेच्नेले अघिल्लो हप्तामा किनेकै मुल्य किन्ने मौका सेयर बजारमा पुन प्राप्त गरेको देखिन्छ ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

(क्रान्ति)