२०८१ फागुन २० काठमाडौं । सेयर बजार नेप्से सूचक ३०.३६ अंकले घटेको छ । सूचक २८४६.३० अंकमा झरेको छ । १२ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा भने केही घटेको छ । नेपालको सेयर बजार हल्लाको भरमा चल्ने गरेको स्पष्ट देखिन्छ। समग्रमा धेरै समूहका सेयर मुल्य घटेका छन् भने केही कम्पनीको सेयर भाउ बढेको देखिन्छ। बढेको बजारमा नाफा गर्नेहरुको भिड लागेपछि नेप्से घटेको हो। अब बजार बढ्दैन भन्नेले बेचेर घटेको बेला किन्ने दाउ गरेको देखिन्छ। बजार केही दिन देखि निरन्तर बढेको थियो।हिजो र आज नेप्से घटेर करेक्सन भयो भन्छन् केही लगानीकर्ता। बजार तलमाथि हुने सामान्य चक्र भएपनी नेप्से ३२सयबाट घटेको ३ बर्ष नाघीसकेको छ ।

सेयर बजारको एउटा् दु:खद पक्ष भनेको किनेको मुल्य भन्दा बढीमा बेच्दा सरकारले क्यापिटल गेन लिन्छ भने ब्रोकर अफिसले किन्दा पनि बेच्दा पनि दोहोर कमिसन लिने गर्छ्न । यो नियम अन्तर्राष्ट्रिय स्थरमा समेत रहेको देखिन्छ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

(क्रान्ति)