२०८१ फागुन १८ काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा स्वार्गद्वारी गुठी पिडित किसानले गरिरहेको प्रदर्शनमा प्रर्दशनकारी र प्रहरी घाईते भएका छन । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएको प्रहरी श्रोतले जनाएको छ । डीएसपी पौडेलको टाउकोमा सामान्य चोट लागेको र केही प्रदर्शनकारी समेत सामान्य घाईते भएका छन। नयाँ बानेश्वरको निषेधित क्षेत्र प्रदर्शनकारीले तोडन खोजेपछि दुईतर्फ झडप भएको हो। स्वर्गद्वारी गुठि पीडित मोही किसान दाङ संघर्ष समिति दाङबाट काठमाडौमा आएका सयौंका संख्याका किसानहरुले काठमाडौको नयाँ बानेश्वर देखि माईतिघर एरियामा बिगत एक हप्ता देखि आजसम्म जूलूस प्रदर्सन गर्दै कोणसभा धर्ना कार्यक्रम गरेका छन। उनिहरुले हातमा कुटो कोदालो हसिया खुर्पा हलो जुवा पटहा लगाएत विभिन्न कृषि औजारका सामाग्री बोकेर प्रदर्शन गरिरहेका छन।
दाङबाट सयौंका संख्यामा आएका किसानहरुले विशेष प्रकृतिको निजि गुठि, स्वर्गद्वारी गुठि पीडित मोही किसान संघर्ष समिति
दाङ देउखुरी । ´विशेष प्रकृतिको निजि गुठि स्वर्गद्वारा आश्रमको मोही किसानको मोहीयानी हक प्रमाण-पत्र अनुसारको जग्गा प्राप्तिको कानून निर्माणका लागि दबावमूलक अनिश्चितकालिन धर्ना कार्यक्रम २०८१ माइतिघर मण्डला, काठमाण्डौं” लेखेको ब्यानर समेत प्रदर्शन गरेका छन।
क्रान्ति