२०८१ फागुन १८ काठमाडौं । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट मिति २०८१ फागुन १७ गते नेपाल प्रहरीले १४ जना पक्राउ गरेको समाचार लेखेको छ। को को कहाँ बाट पक्राउ परे ? सिराहाको गोलबजार नगरपालिका-६ कृष्ण मन्दिर बाटो नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सुवर्ण मणी पाण्डे र ३७ वर्षीय काशी साह रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह चेकपोष्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित कैलाली लम्कीचुहा नगरपालिका-६ गुलरा बस्ने २१ वर्षीय शिखर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलेगाँउबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-९ तोरैया बस्ने २९ वर्षीय अक्ष्य कुमार थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लक्ष्मणा र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुर चेकपोष्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-६ रझेना बस्ने २५ वर्षीय अरूण थारू, बाँसगढी नगरपालिका-१० बस्ने २९ वर्षीय रबिन न्यौपाने र राजापुर नगरपालिका-१० आनन्दनगर बस्ने ३० वर्षीय सुनिल परियार, बाँके बैजनाथ गाउँपालिका-५ बस्ने २६ वर्षीय जुबेर हलुवाई र ३२ वर्षीय तुल्सीराम कोरी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले अरूणलाई ४ ग्राम ३ सय ४० मिलिग्राम, रबिन र सुनिललाई ४ सय मिलिग्राम तथा भे.१२ प ८६८१ नम्बरको मोटरसाइकलमा सवार जुबेर र तुल्सीरामलाई २ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, बर्दगोरीया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय राजन वमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा थप ७ ग्राम ७ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ ।
दाङ, घोराही उपमहानगरपालिका-११ खैराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित बंगलाचुली गाउँपालिका-२ बस्ने ३० वर्षीय चेत बहादुर बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुर दाङबाट खटिएको प्रहरीले रा.४ प १२२० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१८ भैरवथान बस्ने २१ वर्षीय केशव थापा र २७ वर्षीय कमल थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केशव घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँबसपार्क बस्ने २६ वर्षीय दिपेन्द्र रोकालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
तनहुँको ब्यास नगरपालिका-४ सिमलटार बस्ने ४१ वर्षीय कृष्ण बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर समेत ८ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई ३६ हजार ३ सय १० नेपाली रूपैयाँ, २ हजार २ सय ५० भारतीय रूपैयाँ र २ सय १३ पत्ती तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले समाचारमा उल्लेख रहेको छ। (क्रान्ति)