२०८१ फागुन १८ काठमाडौं। आज सेयर बजार नेप्से सूचक ७५.२४ अंकले थप भएको छ । नेप्से सूचक २८९०.२८ अंकमा पुगेको छ। १४ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । धेरै कम्पनीको सेयर मुल्य सर्किट लेबलमा कारोबार भएका छन् । प्राय सवै कम्पनीको सेयर भाउ बढेको देखिन्छ। नेप्से सूचक सँगै सेयर कारोबार रकममा पनि वृद्धि भएको छ ।आजको कारोबारमा समग्र बजारमा सेयर लगानीकर्ता निकै उत्साहित भएको देखिन्छन । सेयर कारोबार रकम बिगत ५ महिना पछीको पहिलो धेरै कारोबार रकम हो ।

३२सय नेप्सेमा सेयर किनेर आज सम्म नबेची बस्नेको सेयर भाउलाई मुल्यांकन गर्दा सेयर बजार नेप्से खासै बढेको देखिन्न। तर घटेको बजार बाट सेयर किन्नेको हकमा भने सेयर बजार नेप्से उच्च वृद्धिनै हो। सेयर बजार यस्तो चिज हो कि बेच्नेहरु बढ्दा दुख्खी हुने र किन्नेहरु घट्दा दुख्खी हुने चिज हो । केही स्वार्थी समुहले नेपालको सेयर बजारमा नकारात्मक हल्ला फिजाउने गरेको सेयर बजारका भुक्तभोगी लगानीकर्ता बताउछन् । (क्रान्ति)