२०८१ फागुन १८ काठमाडौं । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-९ भिमान बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९९ ग्राम ८ सय ६० मिलिग्राम सहित झापा कचनकवल गाउँपालिका-५ बस्ने ४५ वर्षीय अवसार आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास बाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६१६७ नम्बरको हाईस गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले समाचार सार्वजनिक गरेको छ । (क्रान्ति)