८१ फागुन १७ काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागूपदार्थ मुक्त देश बनाउन सबै जना एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।नेपाल प्रहरीले सुरु गरेको लागूऔषध विरुद्धको महाअभियानलाई शुरु गर्दै गृहमन्त्री लेखकले स्थानीय निकाय मिलेर अगाडि बढ्दा लागू औषधबिरुद्धको महाअभियानलाई सफल बनाउन सकिने भनाई व्यक्त गरेका छन। 

अपराध बढाउने मध्येको एक मुल कारण लागूऔषध रहेको, महाअभियान लाई विद्यालय तह, स्थानीय निकायसम्म पुर्‍याउन जरुरी रहेको, लागूऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्न सक्ने गृहमन्त्री लेखकले आफ्नो भनाई व्यक्त गरे। (क्रान्ति)