२०८१ फागुन १७ काठमाडौं । ने.क.पा.माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै नेताहरूको अहंकार र घमण्डको कारण पार्टी कमजोर बन्न पुगेको बताएका छन् । सिराहामा आयोजित जनजागरण अभियानलाई आज सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
´माओवादी पार्टीमा ६४ को निर्वाचनमा प्राप्त विजयबाट पार्टी भित्र अहंकार घमण्ड पलाउनुका साथै देशी-विदेशी तत्वहरूले पनि षड्यन्त्र गरेर कमजोर बनाउने खेल खेलेको र हामीमा अहंकार पलायो, हामीविरुद्ध षड्यन्त्र भयो अब हामी सच्चिएर अगाडि बढनेछौं, माओवादी पार्टीलाई शक्तिशाली पार्टी बनाउनेछौ`।
´अहिले माओवादी कमजोर हुँदा सत्तामा बसेका राजनीतिक दलहरुले माओवादी पार्टी र जनयुद्धको उपलब्धि समाप्त पार्न खोजेका ले पार्टीले जनजागरण अभियान बाट जनता सगको सम्बन्ध राम्रो पार्ने प्रचण्डले बताएका छन`। (क्रान्ति)