२०८१ फागुन १५ काठमाडौ । बेच्नेहरु बढ्दा चिन्तित हुने र किन्नेहरु बढ्दा खुसी हुने सेयर बजारमा आज ईन्डेक्स ४९.१५ अकं प्ल्स भएको छ। बजार ४९.१५ विन्दुले बढेपछि नेप्से २८१५.०४ अंकमा पुगेको हो ।

सेयर बजार राष्ट्र बैंकको नीति परिवर्तन भए सगै आम लगानीकर्ताको मनोबल बढेको देखिन्छ । आज ११ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केही कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएका छ । सूचीकृत सबै समूहका सूचक बढेका देखिन्छ । वाणिज्य बैंक समूह सबैभन्दा बढी बढेको देखिन्छ ।

मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षापछि सेयर बजारमा निकै उत्साह बढेको आम लगानीकर्ता बताउने गर्छन् । सेयर बजारमा विशेष गरि बैंकहरुलाई फाइदा पुग्ने गरी नीति आएपछि बजार बढेको हो । आज विशेषगरी वाणिज्य बैंक समूहमा वृद्धि भएको छ । यो समूहमा वृद्धि हुँदा समग्र नेप्से सूचकमा बढोत्तरी आएको हो ।आजको वृद्धिसँगै अब सेयर बजार थप उचाईंमा पुग्ने विश्लेषहरु बताउछन् । तर नेपालका सेयर बिश्लेषकको बिश्लेषणमा पत्याईहाल्नु पर्ने देखिन्न। (क्रान्ति)