२०८१ फागुन १४ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिश्वका धनी मानिसलाई अमेरिकाको ‘गोल्ड कार्ड’ बिक्री गर्ने बताएका समाचार छन । बिदेशीहरुले ५० लाख शुल्क तिरेर गोल्ड कार्ड लिनसक्ने र उक्त कार्डले अमेरिकामा बस्न र काम गर्ने ब्यापार गर्ने अधिकार दिनुका साथै अमेरिकी नागरिकताको बाटो पनि खुला गर्ने समाचार सार्वजनिक भएका छन ।

गोल्ड कार्डले ग्रिन कार्डको जस्तै विशेषाधिकार दिनुका साथै यो अमेरिकी नागरिकताको बाटो पनि हुने ट्रम्पले बताएको लेखेका छन् । बिश्वका धनी मानिसहरुले गोल्ड कार्ड खरिद गरेर अमेरिकामा आउने बस्ने अधिकार दिने ट्रम्पको भनाई सार्वजनिक भएको छ । गोल्ड कार्डको बिक्री छिट्टै सुरु हुने र लाखौं लाख यस्ता कार्डहरू बेच्न सकिने ट्रम्पले बताएको बिश्वका समाचारले लेखेका छन् ।

गोल्ड कार्डले सरकारको ‘इबी फाइभ’ आप्रवासी लगानीकर्ता भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्नेछ। विदेशी लगानीकर्ताहरुलाई रोजगारी सिर्जना गर्ने अमेरिकी परियोजनाहरुमा पैसा लगानी गर्न गोल्ड कार्डले दिने छ भन्ने ट्रम्पको भनाई बिश्वका समाचार एजेन्सीहरुले प्राथमिकताको साथ प्रसारण गरिरहेका छन। (क्रान्ति)