२०८१ फागुन १३ काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत्र १ देखि बैशाख १८ सम्म ‘जनसम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘जनसम्बन्ध विस्तार अभियान’ सम्बन्धमा जारी गरेको विज्ञप्तिमा के उल्लेख रहेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ”

“१) बैठकको प्रारम्भमा नेपालमा सञ्चालित जनसंघर्ष, जनआन्दोलन तथा महान् जनयुद्ध र विश्व कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय मुक्ति आन्दोलनमा सहादत प्राप्तगर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति एकमिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२) बैकठले महासचिव क. किरण र सल्लाहकार समितिका संयोजक क. गोविन्द बहादुर थापाको स्वास्थ्यमा सुधार भइरहेकोमा खुशी प्रकट गर्दै उहाँहरुको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै प्रस्ताव पारित गरेको छ ।
३) दोस्रो पूर्ण बैठकले राष्ट्रिय एकता महाधिवेशनको समीक्षा तथा अन्तराष्ट्रिय राजनीतिक घटनाहरुको विश्लेषण सहित का. वा. महासचिव क. गौरवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन कतिपय थपघट सहित पारित गरेको छ ।
४) बैठकमा प्रस्तुत संगठनात्मक नियमावली, सम्पूर्ण पार्टी सदस्यहरुको लागि आचारसंहिता र आर्थिक नियमावली पारित गरिएको छ ।
५) ‘जनसम्बन्ध विस्तार अभियान’ सम्बन्धी योजना आवश्यक परिमार्जनसहित पारित गरिएको छ । उक्त अभियान पूर्वमा झापाको मेचीनगर र पाँचथरको चियोभञ्ज्याङ तथा पश्चिममा कञ्चनपुरको महेन्द्रनगर र बैतडीको झुलाघाटबाट २०८१ चैत्र १ गते शुरु गरी २०८२ वैशाख १८ गते काठमाडौ पुगेर मे दिवसको अवसरमा जनसभाका साथ सम्पन्न गर्ने निर्णय गरिएको छ । चार अभियान टोलीको नेतृत्व स्थायी समिति सदस्यहरुद्वारा गरिनेछ ।
६) बैठकले केन्द्रीय समितिको राजनैतिक परिषद र राजनैतिक परिषदको स्थायी समिति गठन गर्नुका साथै समग्र केन्द्रीय समितिका सदस्यहरुको कार्यविभाजन गरेको छ ।” (क्रान्ति)