२०८१ फागुन १२ काठमाडौं । सेयर बजारमामा नेप्से घटाउने र बढाउने बीच द्वन्द्व हुने गर्छ । सेयर बेच्नेहरु घटेकोमा खुसी हुन्छन् भने किन्नेहरु बढेकोमा खुसी हुने गर्छन् । यो संसार भरी सेयर कारोबार गर्ने सेयर लगानीकर्ताको मनोबिज्ञान हो।
आज नेप्से सूचक ३.३५ विन्दुले बढेर २७५८.७५ अंकमा पुगेको छ । ११ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केही कम्पनीमा सकारात्मक सर्किट लेवलमा कारोबार भएका देखिन्छ । केही समूहका सूचक सकारात्मक अवस्थामा कारोबार भएको देखिन्छ नेप्से सूचकसँगै हिजोको तुलनामा कारोबार रकममा समेत वृद्धि हुन सकेको देखिन्न।
आम लगानीकर्ताको चासो र चिन्ता भनेको सेयर बजार अब कता जान्छ ? बढ्छ कि घटछ भन्ने रहेको देखिन्छ भने अर्कोतिर सेयर बेचेर बसेका केही लगानीकर्ताहरु ठुला नेत्तालाई बजार प्रती नेगेटिभ अभिव्यक्ति दिन लगाएर बजार घटाउन लागि परेको लगानीकर्ताहरु बताउने गर्छन् । बेच्नेलाई बढेकोमा, किन्नेलाई घटेकोमा चिन्ता हुने खुसी हुने सेयर बजार नेप्से सूचक आज ३.३५ विन्दुले बढेको देखिन्छ । नेपालमा सेयर बजार नेप्से उल्टो गतिमा रहेको, सकारात्मक समाचार आउँदा घट्ने तर जुन कम्पनीको खराव रिपोर्ट आउँछ उसैको सेयर मुल्य बढ्ने गरेको बताउछन् केही लगानीकर्ता।(क्रान्ति)