२०८१ फागुन १२ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन अब कोहि कसैसग सत्ता गठबन्धन गर्दैनौं, एक्लै बहुमत ल्याउँछौं भन्ने कुरा बताएका छन् ।
झापामा आयोजित तराई–मधेश जनजागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले अरु पार्टीसँग सत्ता सहकार्य नगर्ने एक्लै बहुमत ल्याउने तरीकाले अगाडि बढ्ने र माओवादीलाई जनताले पनि यस्तै सुझाव दिएको बताएका छन ।

कांग्रेस एमाले अरु कुनै सँग गठबन्धन गठबन्धन गर्दैनौं सत्ता गठबन्धन गरेर सरकारमा रहँदा जनतासँगको सम्बन्ध टुट्न पुगेको समेत बताएका छन । पार्टीले यस बारे गम्भीर रुपले समीक्षा गरिसकेको बताउदै अब यस्तो भुल नगर्ने भन्दै जनतासँग क्षमा मागेका छन । अब जनता सगको सम्बन्ध सुधारमा आफू र माओवादी पार्टी लागेको बताएका छन ।

हामी जनतासमक्ष जाने हो, विगतमा एमाले र कांगेससँग गठबन्धन गर्दा जनतासँगको सम्बन्धबाट विमुख हुन पुग्यौं अब त्यसो गर्ने छैनौं,’ प्रचण्डले भनेका छन, ‘जनतासँग आत्मसमीक्षा गर्दै र भूलसुधार गर्दै जनता जाने हो जनताले पक्कै पनि साथ दिनेछन् भन्ने विश्वासमा आफू र आफ्नो माओवादी पार्टी रहेको छ भन्ने बताएका छन।’

माओवादी पार्टीले सरकारको नेतृत्व गर्दा सुशासन र भ्रष्टाचारविरुद्ध निर्मम भएर अभियान चलाउदा आफ्नो सरकार परिवर्तन गरिएको काङ्ग्रेस एमाले पार्टीलाई इन्कित गर्दै बताएका छन् । (क्रान्ति)