२०८१ फागुन ११ काठमाडौ । आज नेपाल प्रहरीले एक सुचना प्रकासित गर्दै गैरहाजिरमा रहेका १० प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। प्रहरी द्वारा सार्वजनिक सूचनामा भनिएको छ: ´तपाई देहाय विवरणका प्रहरी कर्मचारीहरू देहायको मितिदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रकृया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ यसै सामूहिक सूचनाद्वारा तपाईहरूलाई सफाइको मौका प्रदान गरिएको व्यहोरा जानकारी गराइएको छ`। (क्रान्ति)