२०८१ फागुन ११ काठमाडौ । गुन्द्रुक नेपालीको पुरानो रैथाने तरकारी हो। गुन्द्रुक विशेष गरि पहिलेपहिले पहाड गाउँघर तिर मात्रै प्रयोग गरिन्थ्यो। आज भोलि शहरबजार महँगा होटल रेष्टुरेन्टमा गुन्द्रुक र ढिडो खाने चलन छ ।
अब गुन्द्रुकले के के फाईदा गर्छ त ? आँखा तेज पार्छ। आँखा चिलाउने दुख्ने सुख्खा हुने कम गर्छ र आखाको अल्सर हुन दिदैन। गुन्द्रुक नियमित सेवन गर्दा तौल घटाउन सहयोग गर्छ। गुन्द्रुकले क्यान्सर हुन दिदैन। स्मरण शक्ति कम हुनेको लागि गुन्द्रुक सेवन गर्नु राम्रो हुन्छ । रगतमा कोलस्टोर कम गर्छ। शरिरको हड्डी बलियो बनाउछ। रायोको सागको गुन्द्रुक खानु उत्तम मानिन्छ। (क्रान्ति)