२०८१ फागुन १० काठमाडौं । एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला केही समय आवश्यकताभन्दा बढी सहकार्य र समीकरणले समुदायसँगको सम्बन्ध कमजोर बनेको पत्रकार सग बताएका छन् । उनले यो भनाई अन्य राजनीतिक दलहरूसँगको सहकार्यलाई इंगित गर्दै भन्ने गरेका छन। पार्टीलाई आफ्नो वर्ग र समुदायबाट टाढा बनाएको निष्कर्ष निकालेर नयाँ अभियान सुरु गर्नुपर्ने बताएका हुन् ।

प्रचण्डले आगामी दिनमा विश्लेषण मुल्यांकन सहित आत्मआलोचना गरेर पार्टी आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको समेत बताएका छन । माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा माओवादी केन्द्रले नेतृत्व गरेका सबै गाउँपालिका, नगरपालिका नमुनालायक बन्नुपर्ने बताउँदै स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न आवश्यक रहेको बताएका छन।

प्रचण्डले भनेका छन समाजवादको सैद्धान्तिक बहसलाई व्यावहारिक रुपमा स्थानीय तहबाट निर्माण गर्न समाजवादी सिद्धान्त दर्शन आस्था बोकेका बौद्धिक समाज, पार्टी व्यक्तिहरु सग सहकार्य गर्दै अगाडि बढ्नु पर्ने पार्टीको मान्यता रहेको समेत बताएका छन। उनले भनेका छन नेकपा माओवादी केन्द्रको लक्ष्य समाजवादमा पुग्ने हो । (क्रान्ति)