२०८१ फागुन १० काठमाडौ ।परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको उडिसास्थित केआइआइटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु पछि विकसित घटनाक्रमबारे आज उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गरेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।

परराष्ट्रमन्त्रीले प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउन र दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरेको बुझिएको छ । उडिसामा पढिरहेका नेपाली विद्यार्थीको सुरक्षित साथ अध्यन गर्ने वातावरण बनाई पठनपाठनको व्यवस्था मिलाउन त्यहाको मन्त्री सग आग्रह गरेको परराष्ट्रमन्त्रालय श्रोतले जनाएको छ।

प्रकृति लम्सालको मृत्यु पछी उडिसाको कलेजमा अध्यनरत नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने असुरक्षा पैदा भएको भन्दै विद्यार्थीको सुरक्षा जिम्मा लिन समेत आग्रह गरेको बुझिएको छ । लम्सालको मृत्यु भएको बिषयमा भारत सरकारले समेत उच्च चासो व्यक्त गरेको समाचार छ।

परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास र उडिसा सरकार, केआइआइटी प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर समन्वयका साथ उच्च सतर्कता अपनाएर काम भैइरहेका छन् ।(क्रान्ति)