२०८१ फागुन ९ काठमाडौ । विभिन्न माग सहित लामो समय देखि आन्दोलनरत डाक्टरहरुको आन्दोलन सहमतिमा स्थगित भएको छ। सहमति पत्रमा छलफल र निर्णयहरु भएका बुदाहरु: निम्न अनुसार रहेका छन । माग नं १ : चिकित्सा शिक्षा आयोगको १७ औ बैठकबाट यस सम्बन्धमा छलफल भई
(निर्णय १) निर्णय समेत भईसकेकाले यस कार्यमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्ने माग नं २ : चिकित्सा शिक्षा आयोगको १६ औ बैठकबाट यस सम्बन्धमा निर्णय। निर्णय २ भईसकेकोले, सो निर्णय यथासिघ्र कार्यान्वयन गर्न सरोकारवालालाई पहल गर्ने। माग नं ३ संगठन तथा व्यवस्थापन सर्भेको लागि मन्त्रि परिषद्को निर्णयबाट (निर्णय नं ३) सैधान्तिक सहमति प्राप्त भईसकेकाले चिकित्सक एवंम स्वास्थ्यकर्मीहरुको दरबन्दी थप गर्ने विषय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ महिना भित्र O & M सर्भे पुरा गरि स्वीकृतिको लागि मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने माग नं ४ र ५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा. प्रकाश बुढाथोकीको नेतृत्वमा : प्रशासन तर्फको उप-सचिव (१ जना) र नेपाल चिकित्सक संघको
(निर्णय नं ४) प्रतिनिधि १ जना रहने गरि ३ सदस्यीय कार्यदलले १ हप्ता भित्र कार्यविधि तयार गरि पेश गर्ने। माग नं ६ Internship र Residency मा अध्यनरत चिकित्सकहरुलाई नेपाल।
(निर्णय नं ५। सरकारको प्रचलित नियम अनुसार Duty Hour, Work Environment, सेवा सुबिधा, बिदा र स्वस्थ्य कार्यस्थलको सुनिश्चितताको लागी आवश्यक प्रबन्ध गर्न चिकित्सा शिक्षा आयोग लगायतका निकायहरुलाई पत्राचार गर्ने। माग नं ७: अस्पताल स्वास्थ्य संस्थामा कार्यरत सबै चिकित्सकहरुलाई जोखीम। निर्णय नं ६ । भत्ता (Hazard Allowance । स्वरुप १००% प्रदान गर्न ३ महिना भित्र आवश्यक कानुन तर्जुमा गर्ने। माग नं ८ र ९ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मसौदा बन्दै गरेको “चिकित्सक ऐन : तयार पर्दा माग ८ र ९ लाई समेत सम्बोधन हुनेगरी तयार पार्ने। निर्णय नं ८ चिकित्सा सेवा आयोगको गठन गर्ने कार्यलाई समेत प्रस्तावित चिकित्सक ऐन समावेश गरि ३ महिना भित्र स्वीकृतिको लागि पेश गर्ने। निर्णय न ९ः नेपाल चिकित्सक संघले आव्हान गरेको सम्पूर्ण आन्दोलनका कार्यहरु आजका दिनदेखि फिर्ता लिने र नियमित कार्यहरु सुचारु गर्ने सहमति पत्रमा उल्लेख रहेको छ। (क्रान्ति)