२०८१ फागुन ९ काठमाडौं । राजा सहित हिन्दु राष्ट्र नेपालको एजेन्डा बोकेको राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देश ब्यापीरुपमा बर्तमान संसदिय व्यवस्थाविरुद्ध भण्डाफोर अभियान सुरु गरेको राप्रपा श्रोतले जनाएको छ। भण्डाफोर अभियान अन्तरगत आज पोखराबाट सुरु हुने भएको छ। अभियानले वर्तमान व्यवस्था भित्र जन्मिएको कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको राप्रपा श्रोतले बताए ।
राप्रपाले गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्नुपर्ने मत राख्दै आएको छ भने अर्कोतिर अहिलेकै गणतन्त्रतान्त्रिक व्यवस्था भित्र रहेर सभासद मेयर उपमेयर जस्ता पद स्वीकार गर्दै सरकारी तलव भत्ता सेवा सुविधा लिदै आएको छ।
पुर्व राजा ज्ञानेन्द्र शाहले जनताको भलोका लागि आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न अभिव्यक्ति समेत दिएका थिए । एकातिर संसदिय व्यवस्थाको सभासद मेयर उपमेयर जस्ता महत्त्वपूर्ण पद स्वीकार गरेर तलव भत्ता सेवा सुविधा ट्न्नै लिने र संसदिय ब्यवस्था जिन्दावाद भन्ने अर्को तिर राजतन्त्र जिन्दावाद भन्ने राप्रपा नेपालको एजेन्डा प्रती राप्रपा नेपाललाई नेपाली जनताले कसरी मुल्यांकन गर्छन् ? यस्तै हो भने भोलीका दिनमा नेपालमा राज संस्था ब्युझियो भने पनि राप्रपा नेपालले राजतन्त्र मुर्दावाद गणतन्त्र जिन्दावाद नभन्नला र ! (क्रान्ति)