२०८१ फागुन ९ काठमाडौ । नेपाल दूरसञ्चार कम्पनीले नेपालमा बिदेशी सिमकार्ड रिचार्जकार्ड आयात गरी विक्री गर्ने बारे सूचना जारी गर्दै भनेको छ: ´विदेशी मुलुकहरुका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको सिमकार्ड र रिचार्ज कार्डहरु विदेश यात्रा गर्ने व्यक्तिहरुलाई लक्षित गरी नेपालमा विक्री/ वितरण  गर्नको लागि यस प्राधिकरणबाट No-Objection प्राप्त गर्नुपर्ने व्यवस्था रहेकोले तत् तत् देशहरुमा जाने व्यक्तिहरुलाई सिमकार्ड र रिचार्ज कार्डहरु बिक्री/वितरण गर्ने सम्बन्धित व्यक्ति/संस्थाहरुले यस प्राधिकरणबाट No-Objection लिएर मात्र बिक्री बितरण गर्नु  गराउनु  हुन  सम्बन्धित सरोकारवालाहरुलाई सूचनाद्वारा जानकारी गराइन्छ`।(क्रान्ति)