२०८१ फागुन ८ काठमाडौं सेयर बजार नेप्से सूचक आज ३.१४ विन्दुले बढेको छ । सूचक बढे सगै नेप्से २७४३.७४ अंकमा पुगेको छ । आज सेयर बजारमा ८ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आगामी दिनमा सेयर बजारको लय तल या माथी भन्ने बारे कोहि कसैलाई थाहा हुँदैन । नेप्से अहिले तलमाथि गरिरहेको धेरै भएको छ । सेयर बजार ३२सय बाट घटेको ४ बर्ष पुग्न आट्यो ।बजार सधैंभरी घट्दैन र सधैंभरी बढ्दैन भन्नेहरु बोल्न छाडिसकेका छन। यति बेला ३२ सय नेप्सेमा किन्नेहरु धेरै सेयर लगानीकर्ता सेयर बजार बाट पलायन भएका छन भने होल्ड गरेर बसेकाहरूको ठूलो नोक्सानी भएको देखिन्छन् । (क्रान्ति)