२०८१ फागुन ७ काठमाडौं । आज काठमाडौको टुँडिखेलमा ७५औं प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत बिशिस्ट व्यक्तिहरुको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको छ।
कार्यक्रममा देशभरी बाट आएका विभिन्न जातजातिका सांस्कृतिक झाँकी, नेपाली सेनाको खेल कौशल प्रदर्शन गरिएको छ।

नेपालमा बिक्रम सम्वत २००७ सालको क्रान्तिले १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना भएको सम्झनामा स्वरुप हरेक वर्ष फागुन ७ गतेका दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
नेपालमा प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । (क्रान्ति)