२०८१ फागुन ६ काठमाडौ । प्रेस विज्ञप्ति ´भारतको उडिसा राज्य स्थित Kalinga Institute of Industrial Technology (KIIT) मा विकसित घटनाक्रमहरुका सम्बन्धमा उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई छात्रावासवाट निकालिएको सूचना प्राप्त हुनासाथ यस राजदूतावासले उक्त शैक्षिक संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिहरुसंग छलफल गरेको थियो।

उक्त छलफलमा यस राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै वस्ने प्रवन्ध मिलाउन अनुरोध गरेको थियो। त्यसैगरी, उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको कक्षा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो । यस राजदूतावासवाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरुलाई छात्रावासमा वस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ।

साथै, यस राजदूतावासले उक्त शैक्षिक संस्थाकी विद्यार्थी स्व. प्रकृति लम्सालको मृत्युको सम्वन्धमा स्वतन्त्र एवं निप्पक्ष तवरले अनुसन्धान हुन जोड दिएकोमा सो शैक्षिक संस्थाले उक्त विषयलाई गम्भीरतापूर्वक लिने प्रतिवद्धता व्यक्त गरेको छ। मृतक प्रकृति लम्सालको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति यस राजदूतावास हार्दिक समवेदना व्यक्त गर्दछ ।

यस घटनाका सम्बन्धमा यस राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्वन्धित भारतीय निकायहरुसंग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरुवाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ। प्रभावित नेपाली विद्यार्थी एवं अभिभावकहरुले केहि समस्या भएमा यस राजदुतावाससंग निम्न इमेलमा सम्पर्क राख सक्नुहुनेछ ।
इमेलःPolnepembdelhi@gmail.com (क्रान्ति)