२०८१ फागुन ६ काठमाडौं । “पोखरा भ्रमण वर्ष” कार्यक्रममा प्रदर्सनमा राखिएको बेलुन विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । बेलूनमा मानिस घाईते हुन सक्ने गरी बिस्पोटक पदार्थ किन राखियो ? आयोजक टिम माथी गम्भीर प्रश्न खडा भएको छ।
बेलूनमा पड्किएर मानिस घाईते भएपछि गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका थिए।
उक्त छानबिन समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप-अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी रहेको छानबिन समिती रहेको छ ।
समितिले बेलुन विस्फोट घटनाको के कसरी भयो ? भन्नेबारे विस्तृत छानविन र आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा अवलम्वन गर्नुपर्ने सतर्कताका उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय पाएको गृह मन्त्रालय विशेष श्रोतले जनाएको छ ।
पोखरा प्रदर्शनी केन्द्रमा भ्रमण वर्ष उदघाटन गर्ने क्रममा हाइड्रोजन भरिएका बेलुनका झुप्पा विष्फोट भएको थियो । त्यसमा परी अर्थमन्त्री बिष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्य सहित अन्य केही ब्यक्ति समेत घाइते भएका भएका थिए । घाईते उनीहरु दुवैलाई घटना घट्ने बित्तिकै काठमाडौंको कीर्तिपुर स्थित बर्न अस्पतालमा ल्याएर उपचार गरिएको थियो। घाइतेको स्थिति बुझ्न प्रधानमन्त्री गृहमन्त्री लगाएत अस्पतालमा पुगेका थिए ।
बेलूनमा मानिस घाइते पार्न सक्ने बिस्पोटक पदार्थ किन राखियो ? आयोजक टिमलाई किन थाहा भएन ? बिस्पोटक पदार्थ राखिएको बेलुन किन्ने को हुन र किन किनियो ? बिस्पोटक पदार्थ भरिएको बेलुन किन्ने र किनाउनेको आचारण के छ ? बिस्पोटक पदार्थ भरिएको बेलुन किन्नेले अर्थमन्त्री र मेयरलाईनै किन समाउन दिए ? कार्यक्रममा घुसपैठ भएको त छैन ? अर्थमन्त्री र मेयर माथी प्रतिसोध साधिएको त होईन ? यावत प्रश्न र जिज्ञासा् सृजना भएको छ। (क्रान्ति)