२०८१ फागुन ५ काठमाडौं । सेयर बजार नेप्से सूचकसहित कारोबार रकममा पनि उत्साह देखिएको छ । आज सूचक २९.८७ विन्दुले बढेपछि नेप्से सूचक २७२७.९१ अंकमा पुगेकोको छ । सेयर बजार नेप्से बढ्दा समग्रमा सवै कम्पनीको सेयर भाउ बढेको छ भने केही कम्पनीको सर्किट लेवलमा कारोबार भयो भने केही कम्पनीको घटेको पनि देखिन्छ ।

३२सय नेप्से हुदा बढेको अधिकांश कम्पनीको सेयर भाउ सस्तो भएको देखिन्छ । ३२सय नेप्सेमा किनेर आज सम्म नबेची बस्ने लगानीकर्ताले खर्वौ गुमाईसकेका छन। ३२ सय नेप्से बर्तमान अर्थमन्त्री बिष्णु पौडेल यो भन्दा पहिले अर्थमन्त्री हुँदा पुगेको थियो। ३२सय नेप्से घटेर १८सय आसपास आएर आज २७सय आसपास नेप्से रहेको छ। यो बिचमा धेरै चोटि सर्किट लेवलमा नेप्से घट्ने बढ्ने भएको छ। सेयर बजारलाई खिसी गर्ने गिज्याउने सेयर बजारलाई प्रवाहित पार्ने गरि जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिने र समाचार बनाउने काम पनि भएका छन। (क्रान्ति)