२०८१ फागुन ४ काठमाडौं । आज सेयर बजार नप्से सूचक १९.५६ विन्दुले बढेर २६९८.०३ अंकमा पुगेको छ । ९ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । केहि कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
नेप्से सुचक बढे सगै कारोबार रकम पनि बढेको छ । सेयर बजारले गति लिन सकेको देखिदैन । सेयर बजार तलमाथि गरेको ७/८ बजार महिना पुगेको छ भने ३२सय नेप्से पुगेर घटेको झण्डै ३ बर्ष नाघिसकेको छ । ३२सय नेप्से हुदा बढेको अधिकांश कम्पनीको सेयर भाउ सस्तो भएको देखिन्छ । ३२सय नेप्सेमा किनेर आज सम्म नबेची बस्ने लगानीकर्ताले खर्वौ गुमाईसकेका छन। ३२ सय नेप्से बर्तमान अर्थमन्त्री बिष्णु पौडेल यो भन्दा पहिले अर्थमन्त्री हुँदा पुगेको थियो। (क्रान्ति)