२०८१ फागुन ४ काठमाडौं । नेपालको कास्की जिल्लाको “पोखरा भ्रमण वर्ष” कार्यक्रममा प्रदर्सनमा राखिएको बेलुन विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । बेलूनमा मानिस घाईते हुन सक्ने गरी बिस्पोटक पदार्थ किन राखियो ? आयोजक टिम माथी गम्भीर प्रश्न खडा भएको छ।
बेलूनमा पड्किएर मानिस घाईते भएपछि गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेको समाचार सार्वजनिक भएको छ ।
उक्त छानबिन समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप-अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी रहेको छानबिन समिति बनेको बुझिएको छ ।
समितिले आजै देखिनै काम थाल्ने छ । बेलुन विस्फोट घटनाको के कसरी भयो ? भन्नेबारे विस्तृत छानविन र आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा अवलम्वन गर्नुपर्ने सतर्कताका उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालय विशेष श्रोतले जनाएको छ ।
शनिबार पोखरा प्रदर्शनी केन्द्रमा भ्रमण वर्ष उदघाटन गर्ने क्रममा हाइड्रोजन भरिएका बेलुनका झुप्पा आगोको झिल्कामा परी विष्फोट भएको थियो । त्यसमा परी अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्य सहित अन्य केही ब्यक्ति समेत घाइते भएको समाचार सार्वजनिक भएका थिए । घाईते उनीहरु दुवैलाई शनिबार नै काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याएर उपचार भइरहेको छ । (क्रान्ति)