२०८१ फागुन ३ काठमाडौँ । कतारले आफ्नो देशमा विभिन्न मुलुक बाट आएर बसेका बिदेशी नागरिक, आवासीय परिचयपत्र नभएका आप्रवासी श्रमिकलाई ३ महिनाभित्र स्वदेश फर्कने गरी आममाफी दिएको जनाएको छ । अब आआफ्नो देश फिर्ताहुने क्रममा उनीहरूले कतार सरकारलाई तिर्नु पर्ने जरिवाना पनि तिर्नुपर्ने छैन र घरफिर्ती केन्द्र (डिपोर्टटेसन सेन्टर) मा बस्नुपर्ने छैन । 
कतारको आन्तरिक मन्त्रालयद्वारा जारी गरिएको सूचना अनुसार त्यहाँको आवासीय परिचयपत्र नबनेका, म्याद नाघेका वा नवीकरण नभएका श्रमिकहरु सजाय बिना आममाफी अनुसार स्वदेश फर्कन पाउनेछन् ।
कतार सरकारले यसअघि घोषणा गरिएको आममाफीमा श्रमिकलाई स्वदेश फिर्ने वा वैधानिक हैसियत भएर कतारमै बस्न पाइने विकल्प दिइएको थियो ।
अब बिनासजाय स्वदेश फर्कन पाउने यो व्यवस्था लागू भएको कतार सरकारले जनाएको छ । स्वदेश फर्कनका लागि श्रमिकले साल्वा रोडस्थित सर्च एन्ड फलोअप डिपार्टमेन्ट वा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पर्क गर्न पाउने व्यवस्था समेत गरेको छ । आममाफी दिने कतार सरकारको निर्णय अनुसार आममाफी पाउने आफ्नो मुलुकका श्रमिकका लागि मध्य नेपाली दूतावासले पनि सहजीकरण गर्ने भएको छ । (क्रान्ति)