२०८१ फागुन ३ काठमाडौ । सडक डिभिजन कार्यलय काठमाडौले मिति: २०८१ फागुन १ गते पत्र लेख्दै उपत्यका खानेपानी लिमिटेडलाई बन कार्यलय, जिल्ला अदालत र विशेष अदालत अगाडि चोक अगाडि खानेपानीको पाईप फुटेर बिग्रीएको सडक जस्ता त्यस्तै पुनस्थापना गरिदिन यसरी पत्र पठायो :´प्रस्तुत विषयमा यस डिभिजन अन्तर्गत अरनिको राजमार्गको माइतीघर तिनकुने सडक खण्डको ववरमहल स्थित सर्भिस लेनमा तहांबाट विछ्याइएको पाइप मिति २०८११००३० मा फुट्न गई सडकमा क्षति पुग्न गएको विदितै छ । उक्त सडक खण्ड सामरिक तथा यातायात संचालनको दृष्टिले अति संवेदनशील क्षेत्र हो। उक्त क्षतिग्रस्त सडक यथास्थितिमा यथाशिघ्र पुनस्थापना गरिदिन हुन र त्यस किसिमको घटनाको प्रवृत्ति हेर्दा आगामी दिनमा अन्यत्र पनि हुन सक्ने अवस्था रहेको आकलन गर्न सकिन्छ, साथै पाइप फुटेर जलमग्न हुन थालेपछि पाइपको Inlet बन्द गर्न खबर गराएपनि लामो समयसम्म पानीको बहाव नरोकिएकोले थप क्षति हुन पुगेको देखिन्छ। तसर्थ, यस किसिमको क्षतिको न्यूनीकरणको लागि थप आवश्यक सावधानी अपनाउन हुन समेत अनुरोध छ । (क्रान्ति)
सडक डिभिजन कार्यलयले उपत्यका खानेपानी लिमिटेडलाई सडक पुनस्थापना गरिदिन पत्र पठायो
By हेमन्त खबर संवाददाता|2025-02-15T09:55:57+05:45February 15, 2025|Categories: News, Opinion and Analysis|