२०८१ फागुन २ काठमाडौ । काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका-१ ठाँटी गैरिकोट बस्ने ६१ वर्षीय मंगल बहादुर तामाङ र उनकै छोरा ३२ वर्षीय सन्त बहादुर तामाङलाई एकनाले भरूवा बन्दुक १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको प्रहरीको समाचार छ ।
प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको समाचारमा उल्लेख छ । (क्रान्ति)