२०८१ माघ २७ काठमाडौ । धर्म भन्ने शब्दलाई पहिले पहिले मानव समुदायले कानुनको रूपमा प्रयोग गरेको पाईन्छ । धर्मको बिकसित रुप आज युगमा कानुनलाई पनि लिइन्छ । धर्म भन्ने शब्द कानुन हो, मन्दिर भन्ने शब्द अदालत न्यायलय हो । , पुरोहित भन्ने कानुन ब्यबसायी, र भगवान भन्ने शब्द न्यायाधीश हुन । मानव समाजलाई शान्तिपुर्ण रुपले चलाउन धर्म र कानुनलाई एक रथका दुई पाङग्राको रुपमा लिईनु पर्दछ ।

बिश्वका सवै धर्म र कानुनले अपराध नगर, अरुलाई दु:ख यातना, पीडा, नदिनु भन्छ । धर्मले भन्छ अरुलाई दु:ख दिदा पाप लाग्छ ।, कानुनले भन्छ अरुलाई दु:ख दिदा सजाय पाईन्छ भने कति मुलुकका धार्मिक कानुन रहेको छ । ती कानुनले अरुलाई दु:ख दिदा पाप लाग्छ भन्ने परिभाषा समेत गरेको पाईन्छ।

धर्म भनेको जीव वा मानवमा उत्पत्ति हुने स्वाभाविक गुण र मात्र हो । मानवको विकसित स्वरुप र संस्कृतिको विकाससँगै धर्मको अर्थ समाज र व्यक्ति अनुसार फरक फरक फरक पाइन्छ । संगठित धर्म भन्नाले त्यस्ता मानिसहरूको समूहलाई जनाउँछ जसले संयुक्त रूपमा एउटै धर्म संयुक्त रूपमा पालना गर्छन्। अरुलाई दु:ख पीडा दिनु मानवको विशेषता होईन।अरुलाई दु:ख पीडा दिनु राक्षसी रुप हो। सम्पादकीय अधिवक्ता: (भुवनेश्वर थापा)

(क्रान्ति)