२०८१ माघ २६ काठमाडौं । नेपालको राजधानी काठमाडौमा रहेको नेपालकै सवैभन्दा पुरानो ठूलो वीर अस्पतालमा कार्यरत चिकित्स स्वास्थ्यकर्मी माथि आक्रमण भएको समाचार सर्वजनिक भएको छ।
वीर अस्पताल अस्पतालको शल्यक्रिया कक्षमा मिति: २०८१ माघ २५ गते शुक्रबार ४:३० बजे चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले जानकारी दिएको समाचार प्रकासित छन ।
अस्पतालका निर्देशक डाक्टर सन्तोष पौडेका जनाएअनुसार शल्यक्रिया सेवामा खटिएका डाक्टर शरद पोख्रेल र डाक्टर सानुमाया मगरलगायत अन्य स्वास्थ्यकर्मी माथि आक्रमण भएको समाचार श्रोतले जनाएको छ।

आक्रमण गर्नेमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ घर काठमाडौ बस्ने बर्ष २१ का रामचन्द्र खड्का भन्ने संलग्न भएको अस्पतालले जनाएको समाचार सार्वजनिक भएको छ।

(क्रान्ति)