२०८१ माघ २५ काठमाडौ । नेपाली काङ्ग्रेसका नेत्ता तथा कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका मीन बहस विश्वकर्माविरुद्ध हर्क साम्पाङ्ले साम्पाङलेअख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी, सुनसरीमा उजुरी दर्ता गराएका छन। साम्पाङले दर्ता गरिएको उजुरीमा भनिएको छ:

´विषयः छानबिन गरी दोषी पाइएकोमा हदसम्म कानुनी कारवाही गराइयोस ।उपरोक्त सम्बन्धमा पूर्व उद्योग वाणिज्य मन्त्री तथा पूर्व संसद नेपाली कंग्रेसका मीन विश्वकर्माले TV Today नामको मिडियामा चक्रब्युह नामको कार्यक्रममा अन्तर्वार्ता दिँदा १५० करोड ADB बाट ऋण अनुदान ल्याएर खानेपानी योजना गरेको भनी बोलेको तर धरान उपमहानगरपालिकाको लेखा शाखाले दिएको लिखत जानकारी अनुसार ऋण र अनुदान जोडेर जम्मा रु.१,२८,०६,७५,६२१/- रुपैयाँ मात्रै खर्च गरिएको भन्ने बुझेकोले बाँकीको रु.२१,९३,२४,३७९/- रुपैयाँ हिनामिना भएको भन्ने बुझिन्छ, निजलाई लिखतमा सोधीखोजी बाँकीको रकम रु.२१,९३,२४,३७९/- रुपैयाँ के कसरी कहाँ खर्च भएको हो सो बुझि जानकारी पठाइदिन अनुरोध छ । हिसाब नदेखाएको खण्डमा कानुन बमोजिमको आवश्यक कारबाही गरिदिनु पनि अनुरोध गर्दछु` भन्ने उल्लेख गरिएको छ `।

(क्रान्ति)