२०८१ माघ २५ काठमाडौं । नेपाल कानुन आयोगले महिलामाथि सामाजिक संजाल प्रयोग गरेर हुने साइबर अपराधमा उजुरीको हदम्याद ९० दिन पुर्‍याउने प्रस्ताव गरेको नेपाल कानुन आयोग विशेष श्रोतले जनाएको छ।

हाल महिलामाथि हुने साइबर अपराधबारे ३५ दिनभित्र उजुरी दिइसक्नुपर्ने नियम कानुन रहेको छ । नेपाल कानुन आयोगले ३५ दिने हदम्याद थोरै भएको महिला बाट आएको जनगुनासोलाई मध्यनजर गर्दै ९० दिन पुर्‍याउने गरी ऐन बनाउने प्रस्ताव अगाडि बढाएको कानुन आयोगको जनाएको छ । (क्रान्ति)