२०८१ माघ २३ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् । काठमाडौ, रुपन्देही कास्की जिल्ला अदालतले मागेको धरौटी रकम प्रभु बैंकले दिएको छ ।
लामिछाने सग काठमाडौ जिल्ला अदालतले ६५लाख, कास्की जिल्ला अदालतले ६०लाख रुपन्देही जिल्ला अदालतले १करोड धरौटी मागेपछी तिनै वटा जिल्ला अदालतले मागेको धरौटी रकम प्रभु बैंक ग्यारेन्टी बसेपछी तिनै जिल्ला अदालतमा धरौटी बुझाएर लामिछाने छुटेका हुन् ।
रवी लामिछाने बिरुद्ध फेरि चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको श्रोतले जनाएकोछ । रवी लामिछानेलाई धरौटी रकम लिएर तारिखमा छाड्ने आदेश त्रुटिपुर्ण भएको भन्दै लामिछानेलाई थुनामै राखेर मुद्दा अगाडि बढाउनु पर्ने माग दावी सहित काठमाडौ, कास्की, रुपन्देही जिल्ला अदालतको आदेश विरुद्ध सरकारी वकिल उच्च अदालत गएको श्रोतले जनाएको छ। (क्रान्ति)