२०८१ माघ २२ काठमाडौं । आज देखि नेपालको सवै जिल्ला महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप निशुल्क रुपया दिने नेपाल सरकारको अभियान सुरु भएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका छन् । खोप अभियान फागुन ६ गतेसम्म देशभर सञ्चालन हुनेछ । देशभरका विद्यालयमा अध्ययनरत १० देखि १४ बर्ष उमेर समुहका किशोरीहरु साथै बिद्यालय बहिर रहेका १० देखि १४ बर्ष उमेर समुहका सवै नेपाली किसोरीहरुलाई यो खोप दिने नेपाल सरकारको लक्ष्य रहेको बुझिएको छ ।
खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली नागरिकहरुलाई विशेष अनुरोध समेत गरेको छ । खोप लगाएपछि महिलाको पाठेघरमा क्यान्सर जोखिम नहुने बिश्वका वरिष्ठ स्वास्थ्यविदहरु, वरिष्ठ डाक्टरहरुले उदघोस गरेका समाचारहरु सार्वजनिक भएका छन ।
(क्रान्ति)