२०८१ माघ २२ काठमाडौं । अवैध लागूऔषध सहित नेपाल प्रहरीले माघ २१ गते छुट्टा छुट्टै ठाउँबाट ४ जना ब्यक्ति पक्राउ गरेको प्रहरी समाचारले जनाएको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली टीकापुर नगरपालिका-१ बस्ने २१ वर्षीय बिपिन साउद र बर्दिया गेरूवा गाउँपालिका-३ बस्ने २५ वर्षीय रिहान साउद रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आँउदै गरेको लु.२ ख ६९४० नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१२ पचगावाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ८० मिलिग्राम सहित रूपन्देही बुटवल उपमहानगरपालिका-११ श्रृजनानगर बस्ने २३ वर्षीय सन्दिप मगर समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, मायादेवी गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्राम सहित रूपन्देही तिलोत्तमा नगरपालिका-११ बुद्धनगर बस्ने २६ वर्षीय महेश पुनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा मिथिला नगरपालिका-१० बस्ने ४४ वर्षीय लिला बहादुर खड्की र सिराहा मिर्चैया नगरपालिका-६ बस्ने २५ वर्षीय अजय कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ३५८ नम्बरको हाईसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । श्रोत: प्रहरी समाचारबाट ।
(क्रान्ति)