२०८१ माघ २१ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले २०८१ फागुन ८ गते देखि ९ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक आह्वान गरेको पार्टी श्रोतले जनाएको छ ।
बैठकमा पार्टीको संगठन सुदृढीकरण, पार्टीको माथिल्लो तह देखि तल्लो वडा तह सम्म हाल सम्म भए गरेका कामको समीक्षा र समसामयिक राजनीतिक विषयवस्तु, विभिन्न वामपन्थी कम्युनिस्ट शक्तिहरुबीच पार्टी एकता र समान विचारधारा भएका पार्टीहरु सँग बनाइने मोर्चाको अवधारणा बारे निर्णय गरिने पार्टी श्रोतले जनाएको छ ।
बैठक २०८१ माघ ३० गते गर्ने भनिएकोमा विशेष कारणबस सारिएको पार्टी श्रोतले जनाएको छ । आगामी दिनमा बस्ने बैठकले विभिन्न निर्णायक निर्णय गर्ने छ ।
(क्रान्ति)