२०८१ माघ १९ काठमाडौं । नरेन्द्र मोदी नेतृत्वको भारतिय सरकारले मध्यम आर्थिक अबस्था भएकाहरू लाई विशेष प्राथमिकतामा राख्दै नयाँ बजेट ल्याएको समाचार सार्वजनिक भएको छ । भारतीय बित्तमन्त्री निर्मला सीतारमणले आज शनिबार लोकसभामा २०२५ को बजेट पेश गरेको समाचार छन । पेश गरेको बजेटमा यस अघिको कर प्रणालीमा सुधार गर्दै भारतमा १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने नयाँ कर प्रणालीको व्यवस्था गरिएको समाचार सार्वजनिक छन।
भारतीय सञ्चारमाध्यमहरूले १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने व्यवस्था बजेटमा गरिएको लेखेका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारले नै यसअघि सन् २०१४ मा ल्याएको बजेटमा त्यस्तो सीमा साढे २ लाख रुपैया तथा सन् २०१९ मा ५ लाख, सन् २०२३ मा ७ लाखसम्मको सीमासम्मको रकममा करमुक्त गरिएको थियो । भारतिय अर्थविदहरूले यसलाई पछिल्लो एक दशकमा गरिएको सबैभन्दा ठूलो सुधारको रूपमा व्याख्या गरेको समाचार छन। बजेट बित्तमन्त्रीका रूपमा निर्मला सीतारमणले लगातार ८औं पटक बजेट ल्याएको भारतिय समाचार माध्यमले बताएका छन । (क्रान्ति)