२०८१ माघ १७ काठमाडौ । आफू बस्ने निजि घर कोठा अफिस सफा चाहिने आफुले प्रयोग गर्ने सार्वजनिक स्थलमा फोहोर फाल्दा रमाईलो मान्ने प्रवृत्ति कस्तो ! ठुला सहरमा फोहोर गराउने बस्तु पान, पराग, सुर्तीजन्य पदार्थको खोल पनि हुन । ठुला सहर भित्रका सडक बाटो पेटीमा पान पराग गुड्का खैनीका बिडी, चुरोट, खैनीका खोल यत्रतत्र फालिएको अवस्थामा भेटीन्छ । पान, पराग,खैनी, सुपारी बिडी सेवन गर्ने सेवनकर्ताले सडक बाटो पेटीमा प्याच प्याच थुकेर फोहोर बनाएको देखिन्छ । मानिसको बानी जानेर भनौ या नजानेर भनौ सार्वजनिक सडक बाटो-घाटो,पुल-पुलेसामा प्याच्च प्याच्च थुक्ने, सिगान फाल्ने फोहोर फाल्ने प्रवृत्ति देखिन्छ ।

सवै नपर्लान आफ्नो घरमा कुकुर पालेर सार्वजनिक बाटो सडकमा कुकुरलाई दिसा पिसाब गराउने प्रवृत्ति देखिन्छ। कति मानिस सार्वजनिक स्थलमा आज फोहोर गर्छन् भोलि त्यही सार्वजनिक बाटो प्रयोग गर्छन् । आफुले फोहोर गरेको ठाउँमा भोलि आफुलेनै प्रयोग गर्नुपर्छ भन्ने कुरा बिर्सन्छन । आफ्नो घर कोठा कम्पाउन्डमा फोहोर नगर्ने तर आफुलेनै प्रयोग गर्ने सार्वजनिक स्थानमा फोहोर गर्ने मानिसको कस्तो स्वाभाव ? (क्रान्ति)