२०८१ माघ १७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायी सग आग्रह गरेका छन् । निर्यात बढाउने वातावरण बनाउन सरकारले सक्दो पहल गरिरहेको छ प्रधानमन्त्रीले भनेका छन । नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयोजित ८औं अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई आज विशेष सम्बोधन गर्दै निर्यात बढाउन प्रधानमन्त्रीले आग्रह गरेका हुन् । निर्यात बढाउन ठूलो परिमाणमा खाद्यान्न लगाएयत विभिन्न सामाग्री उत्पादन वृद्धि गर्न र उत्पादित वस्तु कहाँ बिक्री हुन्छ भन्ने बजार खोजेर निर्यातको लागि तयारी गर्न व्यावसायि सग प्रधानमन्त्रीले आग्रह गरेका हुन। ।
सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नति गर्ने नेपाल सरकारको लक्ष्य पूरा गर्न आफ्नो नेतृत्वको सरकार पुर्ण रूपमा प्रतिबद्ध रहेको छ भन्दै लक्ष्य पूरा गर्न नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताएका छन । नेपालको राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला अर्थतन्त्रलाई लयमा फर्काउन आफ्नो नेतृत्वको नयाँ सरकार ब्यापक तयारीको साथ अगाडि बढेको छ, त्यो निकट भबिस्यमा नेपाली जनताले देख्नेछन प्रधानमन्त्री केपि सर्मा ओलिले भनेका छन ।
(क्रान्ति)