२०८१ माघ १४ काठमाडौ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ४ सातपत्रेमा माहुरी पाल्न उपयुक्त स्थान रहेको अध्यन र अनुभवले देखाएको छ । माहुरी पालन गर्न चाहिने फुल अन्तरगत एक पटक रोपेपछी बर्षौ सम्म बाच्ने जंगली फुल धएरो, धुर्सुल, रुदिलो, मनुका, चिलौली सो स्थानमा अत्यधिक हुने देखिएको छ । माहुरी पालन कृषि पेश अन्तरगत सुखी पेशामा पर्दछ।

मौरी जसलाई महको उत्पादन र सञ्चयका लागि चिनिन्छ । यिनिहरूले पहेँलो मैन प्रयोग गरी टिकाउ गुण (चाका) बनाउँछन् भने त्यहीँ मह उत्पादन समेत गर्दछन् ।

मौरीका विभिन्न थरीका हुने गर्छ । मह उत्पादनको लागि चिनिने सबैभन्दा उत्तम प्रजाति मौरी हो । जसलाइ बालीहरूको परागसेचन र मह उत्पादनका लागि घार बनाएर पाल्ने पनि गरिन्छ । यसले विभिन्न फूलको रस सङ्कलन गरी मह लगाउने गर्दछ । मौरीलाई मेहनती जीवको रूपमा चिनिन्छ । मह बनाउने उत्पादन गर्ने मौरीका प्रजाती बाहेक पृथ्वीमा जिव छैन। मौरीलाई भगवान पनि भनिन्छ ।

मौरी लाई प्रकृतीको डाक्टर, मानिसको डाक्टर भनेर पनि चिनिन्छ । मौरीको मह सेवन गर्ने मानिस स्वस्थ बलियो र धेरै बाच्ने गर्दछन । मौरी जुन घरमा बस्छ त्यो घरमा भुत प्रेत पिसाच नलाग्ने आम मानिसको मान्यता रहेको छ ।

(अधिवक्ता: भुवनेश्वर थापा)